काठमाडौं । नेपालमा पछिल्लो समय नेपाल नेटवर्किङ व्यवसाय र क्रिप्टो करेन्सी कारोबार वृद्धि हुन थालेपछि सरकाराले नियन्त्रणको लागि काम गर्ने भएको छ ।
अबैध कारोकार रोक्नका लागि अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको हो । हिजो मात्रै अर्थमन्त्री जनाद शर्माले डिजिटन माध्यमबाट राजस्व चुवावट भएको भन्दै रोक्ने बताएका थिए ।
मन्त्रालयले आजबाट नै काम सुरु गरेको छ । नेपालबाट अर्बौ रुपैयाँ ओटीटी लगायत विभिन्न माध्यमले कर नै नतिरी नेपाली पैसा विदेश लगिरहेका छन् । राजस्व छली र पुँजी पलायनको यस्तो प्रकृति नेपालका लागि नयाँ चुनौतीको रुपमा देखिएको र त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको अर्थसचिव मधुकुमार मरासिनीले बताए ।
सूचना प्रविधिमा आधारित यस्तो कार्य नियन्त्रणका लागि प्रहरी वा अन्य कुनै एक निकायले मात्रै सम्भव नहुने निष्कर्षमा बैठक पुगेको पनि सचिव मरासिनीको भनाइ छ ।

