काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा बाणिज्य बैंकहरुले १४ अर्ब ११ करोड ७५ लाख रुपैयाँ सरकारलाई राजस्व बुझाएका छन् ।

सो रकम आयकर वापतको हो । बैंकहरुले ४८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ नाफा गरेको वापत सरकारलाई १४ अर्ब ११ करोड ७५ लाख रुपैयाँ तिरेका हुन् । बाणिज्य बैंकहरुको आयकर तिरेपछिको नाफा भने ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ छ । बैंकहरुले सरकारलाई ३० प्रतिशत रकम सरकारलाई आयकर बापत बुझाउने गरेका छन् ।