काठमाडौं । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य बढाएको छ । शनिबार राती १२ बजेबाट लागू हुने गरेर निगमले मूल्य बढाएको हो ।
निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मटितेलमा २ रुपैयाँले मूल्य बढाइएको जानकारी दिएको छ । मूल्य वृद्धि भएपछि पेट्रोलको मूल्य १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटरका दरले खुद्रा मूल्य कायम गरेको निगमले जानाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

