काठमाण्डौं– नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले एस्जी संस्थाअन्तर्गत मोटरहेडको नयाँ शाखा बालाजुमा उद्घाटन गरी विस्तार गरेको छ । 


कोभिड–१९ को घडीमा सम्पूर्ण आगन्तुकहरुलाई आवश्यक सर्तकता अपनाउँदै मास्क तथा स्यानिटाइजरको उचित व्यवस्था गरी ग्राहक सामू पहूँच अझ नजिक बनाउन र सेवा दिन मोटरसाइकल तथा स्प्यरर्स पार्टस्को आधिकारीक वितरक एस.एल.आर प्रा.लि. ले शुक्रबार बालाजुमा नयाँ शाखा उद्घाटन गरी विस्तार गरेको हो । 


अटोमोबाइल क्षेत्रमा छोटो समयमै सवल व्यवस्थापनले ब्राण्डलार्ई स्थापित गर्न सकेकोले ललितपुर र भक्तपुरपश्चात् ग्राहकहरुको सहजताको निमित्त बालाजुमा  तेस्रो शाखा सञ्चालनमा ल्याएकोे जानकारी विज्ञप्तिमार्फत् प्रा.लि.ले दिएको छ । 


कार्यक्रममा काठमाण्डौं महानगरपालिका–१६का वडा अध्यक्ष मुकुन्द रिजाल प्रमुख अतिथिमा, नेपाल रिकन्डिसन एसोसिएशनका भूपु अध्यक्ष वि.एन पाठक विशेष अतिथिका रुपमा भने नेपाल अटो   ट्रेडयुनियनको तर्फबाट माधव पाण्डे रहेको आयोजकले जनाएको छ ।


प्रा.लि.का अनुसार बिक्रि, स्पेयर तथा बिक्रि पछिको तीन वटै सुविधा सम्पन्न उक्त शाखामा अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ । 
चाइनामा निर्मित आकर्षक मोडल र मुल्यमा उपलब्ध मोटरबोेर्डका ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइको बाइक नेपाल अधिराज्यभर प्राय सबै क्षेत्रमा उपलब्ध रहेको कम्पनिले जनाएको छ ।

उद्घाटनमा विशेष अफरस्वरुप स्पेयर पार्टस्मा १० प्रतिशत, लेभर चार्जमा ५० प्रतिशत तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको कम्पनिले विज्ञप्तिमा उल्लेख छ ।