काठमाण्डौं– राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले महिला हिंसाविरुद्ध वेबनार कार्यक्रम सञ्चालन गरेको छ ।
                                                                   
एआईपिपीको सहकार्यमा कोभिड–१९को महामारीले आदिवासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर ‘लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता’ नाराकासाथ विहीबार महिला महासंघले वेबनारमार्फत ४४ जनाको सहभागितामा वेबनार भर्चुवल कार्यक्रम सञ्चालन सम्पन्न गरेको हो ।


उक्त वेबनार कार्यक्रममा अध्यक्षका रुपमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझि, प्रमुख अथितिमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा, संस्थापक अध्यक्ष इस्टेला तामाङ , एआईपिपीबाट चन्दा थापा, प्रज्ञा राई तथा परिषद एवम् अन्य सहभागीहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले बताएको छ ।


कार्यक्रममा प्रमुख अथिति महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव खतिवडाले कार्यपत्रको प्रस्तुति गरेको आयोजकले जनाएको छ । सरकारले विभिन्न कार्यक्रम हिंसामा परेका महिलाहरुलाई उत्थान गर्न सञ्चालनमा ल्याएको कार्यक्रमका प्रमुख अथिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव खतिवडाले बताइन् । साथैसचिव खतिवडाका अनुसार सरकारले उद्यमशिलता , वित्तिय पहुँच, स्वास्थ सेवा, तालिमलगाएत सचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गरेको छ ।


उक्त वेबनारमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष इस्टेला तामाङ महामारीले लकडाउन गराएपछि महिलामाथि विभिन्न क्षेत्रमा महिलामाथि हिंसा परेको बताएकी छन् । उनले स्थानियदेखि राष्टिय स्तरसम्म आदिवासी जनजाति महिलाहरुले विभिन्न प्रकारका हिंसा समाज निमार्णमा भोग्नुपरेको बारेमा खण्डन गरेको आयोजकले बताएको छ ।  साथै आदिवासी जनजाति महिलाहरुको परम्परागत ज्ञानसीप र आदिवासी खाद्य अभ्यासले  कोभिड–१९सँग लड्न सहयोग गरेको कुरालाई जोड दिँदै महासंघका संस्थापक अध्यक्ष तामाङले वेबनारमा प्रस्तुत गरेकी छन् ।