काठमाण्डौ । बागमती प्रदेश सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ ।
प्रदेश दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
खाद्यान्न र दानाको मूल्य बढेको र दूध उत्पादनमा लाग्ने लागतको तुलनामा किसानको खर्च नउठेपछि मूल्य बढाउन सिफारिस गरिएको निर्देशक प्रधानले जानकारीदिनुभयो । कृषि पेसाबाट किसान पलायन रोक्न पनि मूल्य बढाउन जरुरी रहेको निर्देशक प्रधानको भनाई छ ।
हाल प्रदेशमा प्रतिलिटर ४५ मा गाई र ५५ रुपैयाँमा भैंसीको दूध किसानले बिक्री गरिरहेको छ । प्रदेशमा ३ वर्षदेखि दूधको मूल्य बढेको छैन ।
किसानका लागि बढाउने मूल्यले उपभोक्तामा थप असर नपर्ने गरी निर्णय गर्न संघीय मन्त्रालयलाई आग्रह गरिएको पनि निर्देकश प्रधानले जानकारी दिनुभयो ।

