काठमाडौं। सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुनुवार सेवा समाज संघीय समितिको कार्यालयको सभाहलमा शुक्रबार साधारण सभा सम्पन्न भएको हो।
सहकारीको वार्षिक साधारण सभाकार्यक्रममा संस्थाका अध्यक्ष मनप्रसाद सुनुवारले सहकारीको आर्थिक प्रगति प्रतिवेदन र भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसमा आर्थिक वर्ष २०७७/७८ मा शेयर पूँजी ४३ लाख ७५ हजार ७०० रहेको बताएका छन्। सहकारीको जगेडा कोषमा ३ लाख ८८ हजार ७३०, कर्जा नोक्सान कोषमा ८४ हजार ९००, निक्षेप दायित्व ९३ लाख ६५ हजार ४११ रुपैयाँ ७५ पैसा, चालु दायित्व ५ लाख ४३ हजार ९० रुपैयाँ ८६ पैसा र ब्याज मुलतबी हिसाब १६ लाख ८५ हजार ७३९ रुपैयाँ ९७ पैसा रहेको अध्यक्ष सुनुवारले बताएका छन्।
सहकारीले गत आर्थिक वर्षमा १ लाख ६ हजार ४७० रुपैयाँ ३५ पैसा राजश्वमा योगदान पुर्याएको अध्यक्ष सुनुवारले बताएका छन्। आम्दानी तर्फ सहकारीले गत आर्थिक वर्षमा ब्याज बापत १० लाख ९३ हजार ५५२ रुपैयाँ २५ पैसा, व्यवस्थापन शुल्क बापत १ लाख ८० हजार ७०१ रुपैयाँ २५ पैसा, सदस्यता र निवेदन शुल्कबाट ३३ हजार १०० रुपैयाँ, बैङ्क ब्याज १ लाख ५८ हजार २२९ रुपैयाँ ५७ पैसा इसेवाबाट १ हजार ६७३ रुपैयाँ र अन्य आम्दानीबाट १ लाख ७४ हजार ७०५ रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै खर्च तर्फ सहकारीले ब्याज खर्च बचत बापत ९ लाख ३३ हजार २५४ रुपैयाँ ४८ पैसा, कर्मचारीको तलब बापत ४ लाख ७२ हजार २३४ रुपैयाँ ५७ पैसा, प्रशासनिक खर्च बापत १ लाख ७८ हजार ९४० रुपैयाँ, मर्मत खर्चमा ७ हजार ४४५ रुपैयाँ र ह्रासकट्टीमा ४८ हजार ५५२ रुपैयाँ २१ पैसा खर्च भएको जनाएको छ।
सहकारीको साधारण सभा अध्यक्ष मनप्रसाद सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणबीर सुनुवारको प्रमुख आतिथ्यता, पूर्व राजपरिषद सदस्य तथा पूर्व माननीय दाल कुमारी सुनुवार र सुनुवार भाषाविद् डा. लाल रापचाको विशेष आतिथ्यता तथा लेखा समितिका संयोजक उत्तम कातिच र शेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सहकारीका सचिव मानबीर सुनुवारले गर्नुभएको थियो।

