काठमाडौं । दि फाइनान्सियल टाइम्स् लण्डनले सन् २०२० का लागि दि बैङ्‍क अफ दि इयर २०२० एनएमबि बैङ्‍कलाई दिने भएको छ । नेपालको उत्कृष्ट बैङ्‍कको रुपमा एनएमबि बैङ्‍कलाई दि बैङ्‍कर्स बैङ्‍क अफ दि इयर २०२० ले सम्मान गर्न लागेको हो ।

नेपालभर १२ लाख भन्दा धेरै ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको एनएमबि बैङ्‍कले कृषि, उर्जा, साना तथा मझौला व्यवसायीहरुलाई प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँदै आईरहेको छ ।  

अन्तिम चार वर्षमा एनएमबि बैङ्‍कले यो सहित तेस्रो पटक बैङ्‍क अफ दि इयर बाट सम्मानित हुने भएको हो  ।