काठमाडौं– बिमा समितिलाई अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी गर्न पत्र काटेको छ । 


कोभिड–१९कोे महामारीमा बिमाङ्कहरुले गरेका बिमामा उल्लेखित दाबी रकम भुक्तानी गर्न बिमा समितिलाई दिइएको निर्देशन कार्यान्वयन नभएको भन्दै उक्त दाबी रकम ३ दिनभित्र भुक्तानी दिन अर्थ मन्त्रालयले विहीबार पुन पत्र काटेको हो ।


कोरोना बिमा गरेकाहरुले आवश्यक प्रक्रिया पुरा गरी दाबी गरेको बिमा रकम भुक्तानी दैनिक रुपमा जानकारी ३ दिनभित्र मन्त्रालयमा पठाउन समितिलाइ निर्देशन दिएको मन्त्रालयले जनाएको छ । भेरीफिकेशन हुन बाँकी रहेकोसमेतको यथाशीघ्र भेरीफिकेशन गरी भुक्तानी दिने व्यवस्था मिलाउन अर्थमन्त्रालयले निर्देशन दिएको छ । 


दाबी भुक्तानीमा के कस्ता समस्याहरु छन् त्यसको समाधान प्रक्रिया सरल बनाउन तथा पेन्डिङ्मा रहेका दाबी भुक्तानीको विवरण तथा कोरोना बीमाको दाबी संख्या, कागजात पुरा भएका दाबी संख्या, लगायतका प्रगति विवरण सार्वजनिक गर्न समितिलाई निर्देशन दिएको मन्त्रालयले जनाएको  छ ।