काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल १४ करोड रुपैयाँ मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५  बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो ।  कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा  २७ करोड १० लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिए ।

२०२० साल भदौ २७ गते  सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पोरेशनले पछिल्लो समय ऐतिहासिक फड्का मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ ।

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ  ।