इलाम । रोङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह ६-८ र माध्यमिक तहका प्रधानाध्यापक र लेखा कर्मचारीहरूलाई लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा सम्पन्न भएको तालिमको समापन कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्रुतिकुमारी तामाङले सञ्चालन गरेकि थिइन् । तालिममा सहभागीहरुलाई नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४, भ्रमण खर्च नियमावली, एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र ब्याख्या जस्ता विषयको तालिम प्रदान गरिएको तामाङले जानकारी दिइन् ।

मंसिर १२ गतेदेखि सञ्चालन भएको तालिमको अध्यक्षता सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर राईले गर्नु भएको थियो भने प्रमुख अतिथि रोङ गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई रहेका थिए ।

तालिमको समिक्षा शान्ति निकेतन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले गरेका थिए भने तालिमको सहजीकरण आन्तरिक लेखा प्रमुख सूर्योदय नगरपालिकाका प्रदिप चापागाईं , प्रमुख प्रशासन तथा जिन्सी रोङका नेत्रप्रसाद पोख्रेल र लेखा अधिकृत रोङका उर्मिला निरौलाले गरेका थिए।

तालिम समापनमा माध्यमिक तह प्रधानाध्यापकको तर्फबाट बहुबन माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन दाहाल, आधारभूत तह ६-८ को तर्फबाट ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दलाल शिवाकोटी र विद्यालय कर्मचारीको तर्फबाट शान्तिपुर माध्यमिक विद्यालयका कर्मचारी राजकुमार प्रधानले आ-आफ्नो धारणा राखेका थिए । तालिमबाट धेरै कुराहरू सिक्ने अवसर मिलेको र फलदायी भएको सहभागीले जनाएको छ ।