काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पौष ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा पौष २९ गते, बिहिबार, लहरीखर्क रिसोर्ट, साँगा बनेपामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८र/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

61c3da0551755.jpg