काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा जारी तरलता समाधान गर्न यस हप्ता ५२ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५२ अर्ब रुपैयाँ पुनरकर्जा अन्तर्गतको पैसा पठाउने जानकारी दिनु भएको हो । आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा गभर्नर अधिकारीले हिजोमात्रै पुर्नकर्जा अन्तर्गत ९२ अर्ब रुपैयाँ स्वीकृत भएको जसमा ५२ अर्ब रुपैयाँ यसै हप्ता बैंकिङ प्रणालीमा पठाउने जानकारी दिनुभयो ।

सरकारले गरेको निर्णयले पनि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थपिने छ । बैंकहरुमा रहेको स्थानीय तहको कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने व्यवस्था अर्थमन्त्रालयले गरेको थियो । जसबाट ५० अर्ब तरलता थपिने छ ।