काठमाडौं । कन्फिडेरेसन अफ इन्डिएन इन्डष्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो २०२१ को शुरू भएको छ ।
सोमवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरू भएको तीन दिने प्रर्दशनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासंगको सहकार्यमा भएको हो ।
भारतीय दूतावासकी उप नियोग प्रमुखले उद्घाटन गर्ने प्रदर्शनीमा झन्डै एक सय भारतीय कम्पनीहरुको सहभागिता रहनेछ ।
प्रदर्शनीबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर, डिष्ट्रिव्यूटर, फ्रेन्चाइज तथा बिजनेस पार्टनरहरुलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।

