काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री बनेपछि देशको अर्थतन्त्र धरासही हुँदै गइरहेको छ ।

उनी आफैले पनि सार्वजनिक कार्यक्रममा नै आफुलाई अर्थशास्त्रको ज्ञान नभएको बताउने गरेका छन् । उनले भने जस्तै अर्थशास्त्रको ज्ञान नभएको कारणले नै देशको अर्थतन्त्र धराप हुँदै गइरहेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आआफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयका सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।

पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा भएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउदैँ विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरेका छन् । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको भेटिए रकमान्तर गरिने चेतावनी दिँदै उनले आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने दृढता व्यक्त गरे ।

समयमै खर्च नहुने स्थिति उत्पन्न भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने उनले बताए । अर्थमन्त्रालय समालेका अर्थमन्त्रीले निर्देशन दिदैँमा खर्च वृद्धि नहुने अर्थ विद्धहरु बताउछन् । एक अर्थ विद्धले भने ‘अर्थमन्त्रले नै अर्थशास्त्र बुझदिन भन्ने गरेका छन् । अर्थशास्त्र नबुझ्ने अर्थमन्त्रीले कुनै योजना बिना नै पुस महिना भित्र ३० प्रतिशत खर्च गर्न निर्देशन दिनु भएको छ । यो कुरा उहाँले नै बुझ्नु हुन्छ ।’ छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत सहभागी रहेको थियो ।