काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ ।

यो संभवत हालसम्मकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुनेछ । पछिल्लो समयमा युवापुस्ता माझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो । खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए । संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शकश्रोतामाझ परिचय गराउने र उनीहरुलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको उनलको भनाइ छ ।

खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका संगीतप्रेमीले निकै रुचाएका थिए । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ । खुकुरी रम नेपालको रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो ।