काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले अनलाइन सेवा मार्फत नै बैङ्किङ् कर्जा उपलब्ध गराउने भएको छ । कोरोना महामारीसँगै बढेको अनलाइन सेवालाई प्राथमिकता दिँदै मुक्तिनाथ विकास बैङ्कले अनलाइनमार्फत कर्जा उपलब्ध गराने सुविधान ल्याएको हो ।
बैङ्कले सेवाग्राहीको विवरण र आवश्यक कागजात सहित सबै प्रक्रिया अनलाइन मार्फत लिई एकहप्ताको समयावधिमा सेवा प्रदान गर्ने जनाएको छ । बैङ्कले प्रविधिको उच्चतम प्रयोगमार्फत बैङ्कको कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै यो सेवा सुरु गरेको जनाएको छ । यससँगै बैङ्कको नेपालभर रहेका जनसुकै शाखाबाट समेत यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैङ्को यो सेवा लिन सेवाग्राहिले बैङ्को वेबसाइट www.muktinathbank.com.np/online/loan-application मा गएर आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने छ ।

