काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र सेयर लगानीकर्ताहरुको उच्चस्तरीय कार्यदलबीच छलफल भएको छ ।
अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पुँजी बजारप्रति सकारात्मक रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘सेयर बजारको दिगो विकास र विस्तारको लागि अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’
अर्थमन्त्री शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेको सीइओ पनि छिट्टै नियुक्ति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । योसँगै पुँजी बजारमा सुधार गर्न आवश्यक काम गर्ने प्रतिवद्धता व्यक्त गरेको ढकालले बताए ।
उनीहरुले अर्थमन्त्री समक्ष ५८ बुँदे प्रतिवेदनमा रहेका बुँदाहरु कार्यान्वयन गर्न तथा ब्रोकरमार्फत मार्जिन कारोबार तत्काल सुरु गर्न माग राखेका छन् ।

