काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउनेु भएको छ । 

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन्।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन्।