काठमाडौं। नेपाली काङ्ग्रेसको बागमती प्रदेश कार्यसमितिमा रामेछापका ६ जना नेता निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन जुटि रहेको बेला भएको प्रादेशिक अधिवेशनमा रामेछापबाट उल्लेख्य पदाधिकारी निर्वाचित भएका हुन्।
यसअघि रामेछापबाट अर्जुन केसी बागमती प्रदेश कार्यसमिती सदस्यमा निर्वाचित भएका थिए। बागमति प्रदेश कार्यसमितिमा रामेछापबाट भिमसेन वस्नेत, उज्जलराम घिमिरे खुल्लातर्फबाट सदस्यमा निर्वाचित भएका छन् भने भूगोलतर्फ जितबहादुर थापामगर, भूगोल महिलातर्फ कल्पना खड्का र दलिततर्फबाट बल बहादुर दमाई प्रदेश सदस्यमा निर्वाचित भएका हुन्।