काठमाण्डौ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ ।

एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमती भएको एकीकरणपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र हुने र केन्द्रीय कार्यालय ललितपुरको बखुण्डोलमा रहने उनले बताए ।

सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका ४५ जना र राष्ट्रिय जनता दरबार पार्टीका १० जना सदस्य विवेकशील साझा पार्टीमा सदस्य थपिएका छन् ।