रस्नालु। गोकुलगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।  आज शनिबार रस्नालुमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला कमिटि संयोजब मैनकुमार मोक्तान मदन र विशेष अतिथि बाग्मति प्रदेश कमिटि सदस्य प्रेम कार्की सेवकको उपस्थितीमा सम्मेलन सम्पन्न भएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै प्रेम कार्की सेवकले प्रतिक्रियावादीको जवाफ फर्काउन तयार भएर बस्न समेत आग्रह गर्नुभयो । उहाँले देशैभर आफ्नो पार्टी बृहत र सक्रिय पार्टी बनाउने दाबी गर्नुभयो । नेता सेवकले अन्य पार्टीले कति अन्नाय अत्याचार गरेको भन्ने कुरा दलित, जनजाति, गरिब दु:खीले महशुस गरेको जिकिर गर्नुभयो। उहाँले आफ्नो पार्टीको योजना नीति विचारले देश चलेको भन्दै आफ्नो पार्टीले जितेको भए पार्टीसंग भएको योजना नीति र विचारले देश समृद्ध बनाउन सकिने दाबी गर्नुभयो ।