चितवन । नेकपा एमालेको महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ ।

आजदेखि सुरु भएको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ । पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गर्नुभयो । उहाँले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो-धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली र नवलपुरको गैडाकोटबाट फर्किनुभएको छ । सभा स्थलसम्म आउन पाउनुभएन । उहाँले महाधिवेशनको उद्घाटन सत्र आफुहरुले सोचेभन्दा भव्य भएको बताउनुभयो । चितवनको इतिहाँसमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको उहाँको भनाई छ । महाधिवेशनको उद्घाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका थिए ।

महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डात्तोलन गरी सुरू गरेका थिए । नारायणघाटको नारायणी किनारमा बनाइएको मञ्चमा उद्घाटन समारोह आयोजना गरिएको थियो । उदघाटन सत्रमा अध्यक्ष ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डात्तोलन गरेका थिए । महाधिवेशनमा देशभरबाट लाखौको संख्यामा नेता कार्यकर्ता सहभागी भएका थिए । एमालेले उदघाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता नारायणी किनारामा ल्याउने दावी गरेको थियो ।