काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी आयतमा दिइँदै आएको विभिन्न सुविधामा कडाइ गरेको हो । अब तोकिएका वस्तुहरूको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, डकुमेन्ट अगेन्ट पेमेन्ट र डकुमेन्ट अगेन्ट असेप्टेन्सको विद्यमान सीमा पुनरवलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकले चाँदी आयतमा पनि कडाइ गरेको छ । ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गर्र्न पाउने व्यवस्था गरेको छ ।