काठमाडौं। नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर बिजयनाथ भट्टराईले राष्ट्र बैंक माइक्रो मेनेजमेन्टमा लाग्नु राम्रो विषय नभएको बताएका छन् । आज अर्थसंसार संग विशेष  कुराकानी गर्दै भट्टराईले पछिल्लो समय राष्ट्र बैंकले चालेका कदमहरुप्रति आफू सन्तुष्ट नरहेको बताएका हुन् ।  

राष्ट्र बैंकले सेयर धितोकर्जामा लगाएको ४/१२ को क्यापको सन्धर्भमा आफ्नो विचार राख्दै भट्टराईले भने, 'राष्ट्र बैंक माइक्रो मेनेजमेन्टमा लाग्ने होइन । म राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयरमा बबल आएको थियो बैंकिंग सिस्टममा समस्या आउन नदिन त्यतिबेला हामीले बैंकहरुले घरजग्गा र सेयर कर्जामा आफ्नो टोटल पोर्टफोलियोको यति पर्सेन्ट मात्र लगानी गर भनेर निर्देशन जारि गर्यौ ।  अहिले राष्ट्र बैंकले गरे जस्तो कर्जामा यति करोड र उति करोड भनेर क्याप लगाउने काम हामीले गरेनौ।' 

राष्ट्र बैंकले व्याजदरमा समेत क्याप लगाएको सन्दर्भमा बोल्दै भट्टराईले बजारलाई व्याज निर्धारण गर्ने कुराको जिम्मा बजारलाई नै दिनुपर्ने बताए । "व्याजदरको विषयमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने नै होइन । अहिले त मुद्दतीको व्याजदर समेत राष्ट्र बैंकले निर्धारण गरिदिएको छ यो राम्रो कुरा होइन", भट्टराईले भने ।