काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथाबाट लागू गर्ने निर्णय गरेको छ।


बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी बुधबारदेखि लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिए।

सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि आज बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।

नियमावली सोमबार नै नेपाल राजपत्रमा प्रकाशित भएको थियो।