इलाम । रोङ गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिने आधारभूत पाठ्यक्रम अभिमूखिकरण तालिम आज (मंसिर ७ गते)बाट सुरु भएको छ ।

आधारभूत तह कक्षा १-३ को नयाँ संसोधित पाठ्यक्रम तालिममा गाउँपालिका भरिका सामुदायिक र संस्थागत आधारभूत तथा माध्यमिक विद्यालयका ३५ शिक्षकहरू सहभागी भएका छन् । सहभागी शिक्षकलाई नन्द माध्यमिक विद्यालयका इलाम नगरपालिका १२ गोदकका प्रधानाध्यापक उमेश बुढाथोकी, शान्ति निकेतन नमूना माध्यमिक विद्यालय रोङका शिक्षक सुमन खतिवडा र शान्तिपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमलाल कार्कीले नयाँ पाठ्यक्रमको अभिमूखिकरण सम्बन्धि तालिम प्रदान गरिरहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रुतिकुमारी तामाङले जानकारी दिएका छन् ।

तालिमको समापन दोस्रो दिन भोलि सोमबार शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगरको उपस्थितिमा हुने पनि बताएका छन् । उक्त अभिमूखिकरण तालिम स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम गरी पाथिभरा मन्दिरको अतिथि भवनमा सञ्चालन भइरहेको छ ।