काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएको छ ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले फाइबजी परिक्षण अनुमति दिएको जानकारी दिए । उनका अनुसार २६०० व्यान्ड फ्रिक्वेन्सीमा परिक्षण अनुमति दिएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको थियो । तर, टेलिकमकै कारण लामो समय फाइभजी अनुमतिको लागी ढिलाइ भएको थियो ।

अब टेलिकमले एक बर्ष भित्र फाइबजी परिक्षण गर्ने प्राधिकरणको भनाई छ ।