सिन्धुली। कोभिड अस्पताल सिन्धुली (आइसोलेसन) मंसिर १ गतेबाट बन्द हुने भएको छ। अस्पतालमा कार्यरत कर्मचारीको तलब भत्ता सुनिश्चत नभएकाले कोभिड अस्पताल बन्द हुने भएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका ६ शिबनगरमा रहेको कोभिड अस्पताल प्रदेश सरकारको ९६ लाख आर्थिक सहयोग तथा सिन्धुलीका स्थानीय तह,ब्यक्ति र संस्थाहरूको खर्चमा निर्माण भएको कोभिड अस्पताल गत बैशाखदेखि सिन्धुली अस्पतलाको मातहतमा सञ्चालनमा आएको थियो। प्रदेश सरकारले कर्मचारी व्यवस्थापनको लागि छुट्याएको बजेट यही कार्तिकबाट समाप्त हुने सिन्धुली अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर उमेश प्रधानले बताउनु भयो।

उहाँले भन्नुभयो 'प्रदेश सरकाले कर्मचारी व्यवस्थापनको लागि छुट्याएको ६० लाख बजेट कार्तिकबाट समाप्त हुँदैछ यस बिषयमा पटक पटक सम्बन्धित निकाय सँग जनाकारी गराउँदा पनि बेवास्ता भयो। सान्वता दिने कामसमेत भएन। काम लगाएपछि कर्मचारीले तलब माग्छन्। तलब दिने स्रोत नै छैन। प्रदेश सरकारकै अनुरोधमा हाल ४९ जना कर्मचारीहरू कोभिड अस्पतालमा काम गरिरहेका छन्’ उहाँले अझैँ थप्नुभयो ‘हामिले सम्पुर्ण कर्मचारी लाई बैठक बसेरै भनिसकेउ भोलेन्टिएर सकिन्छ भने गर्नुस नभए हामि सँग सा्रेत छैन’ कोभिड अस्पतालमा परिचालन गरिएको ४९ जना स्वास्थ्यकर्मिमा ७ जनाले काम छाडेर गइसकेका छन् । प्रदेशलेनै कोभिडको दोस्रो माहामारी फैलिएपछि कर्मचारी थप्न अनुरोध गरेको थियो । त्यस्तै सिन्धुलीका कोभिड फोकल पर्सन सागर देबकोटाले बैशाख बाट सुरु गरिएको कोभिड अस्पतालमा स्वास्थ्यकर्मीले कोभिडको भत्ता नपाउँदा काम गर्ने मनोबल घटिरहेको अबस्थामा झनै मासिक तलबनै व्यवस्थापनमा अन्योलता हुँदा स्वास्थ्यकर्मी माथि सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो। ‘कोरोना माहामारीको पुन तेस्रो लहर नआउला भन्न सकिन्न। तर स्वास्थ्यकर्मी लाई अब त्यो अबस्थामा अस्पताल फर्काउनै अप्ठ्यारो हुने काम सम्बन्धित निकायले गरिरहेको छ ।’ देबकोटाको भनाई रहेको छ ।

त्यस्तै उहाँले सिन्धुली कोभिड अस्पताल स्रोत साधनले सम्पन्न भएपनि स्वास्थकर्मीको व्यवस्थापनको बजेटमा ध्यान नदिदा स्रोत साधन परिचालन गर्ने नसकिने स्थीती बन्न लागेको उहाँको तर्क रहेको छ । यदि सरकारले स्वास्थ्यकर्मीको बजेट भोलि सम्म बिनियोजन नगरे कोभिड अस्पताल मंसिर १ गतेबाट ठप्प गरीने सिन्धुली अस्पतालका मेडिकल रेकडर शैलेष यादबले बताउनु भयो । सम्बन्धित निकायलाई भोलि सम्मको समय रहेको भन्दै सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन प्रधानले कोभिड अस्पताल बन्द गर्ने बाध्य रहेको बताउनु भयो । यता सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले संघ र प्रदेश लाई पटक पटक जानकारी गराउँदा समेत सुनुवाई नभएको गुनासो गर्नुभयो । कोभिड अस्पताल सिन्धुलीबाट कोरोना माहामारीको दोस्रो लहरबाट ३ सय १४ जनाले सेवा लिएका थिए । जसमध्ये २ सय ४६ जना स्वस्थ्य भएर डिस्चार्ज भएका थिए भने ३९ जनालाई बाहिर रिफर गरिएको र २९ जनाको मृत्यु भएको थियो ।