काठमाडौं। आगामी मङ्सिरदेखि लुम्बिनी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर त्यस्तो निर्णय गरेको हो।
मन्त्रालयका अनुसार मङ्सिर १ गतेदेखि बागमती र गण्डकी प्रदेशमा प्लेट जडान गर्ने व्यवस्था लागू हुने छ। फागुन १ गतेदेखि लुम्बिनी र कर्णाली प्रदेशमा लागू हुनेछ। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने जेठ १ गतेबाट यो व्यवस्था लागू हुनेछ। नयाँ सवारी दर्ता,सवारी नामसारी,सवारी प्रमाणपत्र नवीकरणमा यो व्यवस्था लागू गरिनेछ। सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरी प्लेट जडान गर्न सकिने मन्त्रालयले जनाएको छ।
राजपत्रमा प्रकाशित सूचना: