काठमाडौं । देशभर कोरोना भाइरसका ३ सय ९७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ गरिएको परीक्षणमा ३ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । यस्तै, सोही समयमा ३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ ।

३ सय ८९ जना निको हुँदा संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत पुगेको छ । देशभर ७ हजार ४ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।