सिओल । दक्षिण कोरियाले बढ्दो श्रमसंकट समाधान गर्न अर्को महिना देखि बिदेशी कामदारमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने भएको छ ।

दक्षिण कोरियाले करिब दुई बर्ष देखि कोरोनाको कारण रोकेका कामदारहरु भित्राउने गरि तयारी थालेको छ । विशेष गरि कोरियाको श्रम मन्त्रालयले आप्रवासी श्रममा धेरै निर्भर हुने स्थानीय फार्म, कारखाना र निर्माण साइटहरूलाई राहत दिन थप विदेशी कामदारहरूलाई कोरिया भित्राउन दिने गरी तयारी गरिरहेको छ।

श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार सरकारले श्रमिक क्षेत्रमा काम गर्न आउनेहरुका लागि जारी गरिएको E-9 गैर-व्यावसायिक रोजगार भिसामा थप विदेशीहरूलाई प्रवेश गर्न अनुमति दिन खोजिरहेको छ ।

नोभेम्बरमा ‘लिभिङ विथ कोभिड–१९” मा सरकारको योजनाबद्ध शिफ्टसँगै यो उपाय लिइएको छ र वैदेशिक श्रम विस्तारको थप विवरण अर्को महिना घोषणा हुने अपेक्षा गरिएको छ।

E-9 भिसा मुख्यतया १६ देशका कामदारहरूलाई जारी गरिएको थियो, जसमध्ये अधिकांश दक्षिणपूर्व एसियाका थिए । तर २०२० को शुरुमा देशमा महामारी फैलिएपछि कोरियामा उनीहरूको प्रवेश पूर्ण रूपमा निषेध गरिएको थियो । श्रमिक अभावको बारेमा बढ्दो गुनासोहरूको प्रतिक्रियालाई कोरियाका स्थानीय अधिकारीहरूले आबाज उठाएपछी सरकारले यो निर्णय गरेको हो । E9 भिसा अन्तर्गत गत वर्ष नोभेम्बरमा एउटा देश र यस वर्ष अप्रिलमा थप पाँच देशमा प्रतिबन्ध लगाइएको थियो।

अहिले कम्बोडिया, थाइल्याण्ड र भियतनाम लगायत ६ वटा देशबाट विदेशी कामदार आउने क्रम जारी छ तर कोरियामा नयाँ आप्रवासी कामदारको संख्या २०१९ को काभिड १९ अघीको तुलनामा करिब ९० प्रतिशतले घटेको छ।

– पत्रकार किम ही-रे र मिनु किमद्वारा