काठमाण्डौ । नेपालमा थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षणमा ५ सय ६९ र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षणमा ९७ जना गरी कुल ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६ सय २२ जना कोरोना मुक्त भएका छन । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।

हालसम्म ११ हजार ३ सय ७२ कोरोना संक्रमितको मृत्यु भएको छ । ७ लाख ८८ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ रहेको मन्त्रालयले जनाएको छ ।००००