काठमाण्डौ । नेपालमा थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको परीक्षण गर्दा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८ सय १७ जना संक्रमणमुक्त भएका छन् । थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ । यस्तै ७ लाख ८६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर १० हजार ५ सय ५९ जना  सक्रिय संक्रमित रहेका छन । यस्तै, पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।००००