काठमाण्डौ । मुगुमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ ।

दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ को पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।  बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो ।

प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे थप विवरण आइन बाँकी रहेको छ ।००००