इलामको रोङ गाउपालिका ४ मा नेकपा एमाले को वडास्तरीय कमिटि गठन भएको छ ।

इन्द्र बहादुर लाप्चाको अध्यक्षतामा बनेको २५ सदस्यीय कमिटिको सचिवमा जीवन अर्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रेमबहादुर राई, दिपक गुरुङ, प्रमिला राई, मणिकुमार राई, जयप्रसाद अर्याल, नरबहादुर राई, रविलाल राई लगायत रहेको नेकपा एमाले रोङ गाउपालिका अध्यक्ष खड्ग आले मगरले बताए ।

सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवि भटराईको प्रमुख आतिथ्यता तथा एमाले रोङ वडा नम्बर ४ का इन्चार्ज मेहरमान तामाङको सभापतित्वमा भएको भेलाले कमिटि गठन गरेको हो ।

भेलामा नेकपा एमाले रोङ गाउँपालिकाका अध्यक्ष खड्ग आले मगर, जिल्ला कमिटि सदस्यहरु बिष्णुमाया भूजेल, रणबहादुर गुरुङ, सूर्योदय नगरपालिका ४ का वडा अध्यक्ष होम बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । सू.न.पा.का उपप्रमुख दुर्गा भटराई, वडा अध्यक्ष होम कार्की, एमाले रोङका अध्यक्ष खड्ग आले मगर, एमाले रोङ ४ का इन्चार्ज मेहरमान तामाङ गाउँकमिटि सदस्य सत्यम राई, एमालेका जेष्ठ सदस्य रविलाल राई, नवगठित वडा कमिटि अध्यक्ष इन्द्रबहादुर लाप्चा लगायतले मन्तव्य राख्नु भएको थियो ।