काठमाण्डौ । सरकारले यस बर्षको दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने जनाएको छ । 

आज कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको खोप कार्यक्रम सुरु हुने बताउनु भएको हो । १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको समेत उहाँको भनाई थियो । 

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उहाँको भनाई थियो ।