काठमाण्डौ । बागमती प्रदेश सरकारले सार्वजानिक यातायातको भाडादर बढाउने तयारी गरेको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको थियो ।

मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेशमन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडादर समायोजन हुने बताउनुभयो । भाडादर समायोजन लागि प्रदेश सरकारले कार्यदलनै बनाएर काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । अब भाडा समायोजनको अन्तिम निष्कर्ष आएपछि सार्वजनिक सवारीको नयाँ भाडा निर्धारण हुने उहाँले बताउनुभयो ।००००