सिन्धुलीमाढी। नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको आयोजना तथा तेज कोहिल एण्ड रुइट फउण्डेसन,कमलमाई नगरपालिका र जानकी आँखा अस्पतालको सहयोगमा निशुल्क शल्यक्रिया गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली आँखा अस्पतालमा सञ्चालित २ दिने मोतियाबिन्दु भएका बिरामीलाई निशुल्क सल्यक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । रेडक्रस सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठका अनुसार जिल्ला सबै ठाउँबाट करिब ५० देखि माथि उमेर समुहका मानिसहरु आँखा शल्यक्रियाका लागि आएको जानकारी दिनुभयो। असोज ९ गते र १० गते सञ्चालन भएको निशुल्क आँखा शल्यक्रिया कार्यक्रममा पहिलो दिन आँखा चेकजाँच गरिएको र गम्भिर प्रकृतिका मोतियाबिन्दु भएका बिरामिहरुको शल्यक्रिया गरिएको आँखा अस्पतालका डाक्टर धन बहादुर मगरले बताउनु भयो । उहाँका अनुसार सिन्धुलीमा आँखा मोतियाबिन्दु भएका बिरामि बढ्दै गएको बताउनु भयो । उमेर बढ्दै गएकाले,आँखाको चेकजाँच नगर्नाले,मादक पदार्थ सेबन तथा प्रकाश मा निरन्तर हेर्नाले माोतियाबिन्दु हुने बताउनु भयो । हाल सम्म नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको आयोजनामा कमलमाई नगरपालिका लगायत बिभिन्न संघ संस्थाको सहयोगमा  मोतियाबिन्दु भएका ८ सय भन्दा बढिको निशुल्क शल्यक्रिया गरिएको बताइएको छ ।