सिन्धुलीको दुधौली नगरपालिकाको पहिलो सामुदायिक रेडियो जनसञ्चारर ९६.८ मेगाहर्जको आजबाट प्रसारण शुभारम्भ गरिएको छ । आज दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले रिबन काटेर रेडियोको उद्घाटन गरेका हुन् । 

सिर्जनात्मक पृष्ठपोषणको अपेक्षासहित दुधौली नगरपालिकामा पहिलो रेडियो जनसञ्चार स्थापना भएको छ । रेडियोको प्रसारण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख राउतले खुसि प्रकट गर्नुभएको छ । प्रमुखले भने  “४० प्रतिशत मानिसको पहँचमा आज पनि टेलिभिजनको पहुँच पुगेको छैन । त्यस्ता मानिसको लागि सूचानाको माध्यम हो रेडियो ।” दुधौलिमा पहिलो रेडियोको स्थापनाले झुपडि बस्तिहरुमा पनि सुचना पुग्ने नगर प्रमुख राउतले आशा व्यक्त गरेका छन् ।

त्यस्तै उहाँले दुधौली नगरपालिकामा दनुवार,तामाङ,मगर लगायत अन्य विभिन्न जातजातिहरुको बसोबास रहेकाले त्यस्ता जातजातिको मातृभाषाको जगेर्ना गर्नेका लागि प्रयत्न गर्नुपर्न बताए । दुधौली नगपालिका सूचनाको पहुँचमा धेरै नै पछाडि भएको बताउँदै नगर प्रमुख राउतले दुधौली नगरपालिकामा भएका विकास निर्माणका कामहरु निष्पक्ष रुपमा प्रसारण गर्नुपर्ने र स्थानियतह नपुगेका ठाउँसम्म डोहोर्‍याउने काम रेडियोले गर्नूपर्ने बताए । साथै रेडियोको स्तरउन्नतिका लागि नगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले शुभकामना प्रदान गर्दै स्थानिय रुपमा भएका समस्याहरुलाई रेडियोले निष्पक्ष रुपमा प्रसारण गर्नुपर्ने बताए । अध्यक्षले सामुदायिक रेडियोले आवाज विहिनहरुको आवाज लाई समेट्न सक्नुपर्न पनि बताउनु भयो ।

रेडियो सिन्धुली आवाज तथा रेडियो जनसञ्चारका अध्यक्ष राजन गाउँलेले रेडियो स्थापनाका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट दिँदै नागरिकको जिवनस्तर परिवर्तका निम्ति रेडियो स्थापना गरिएको बताए । विकास निर्माणका कार्यहरुको विषय उठान गर्ने उनले बताए । हिजो पनि र आजबाट प्रसारण शुभारम्भ गरेको रेडियोबाट स्वतन्त्र भई सत्य, तथ्य र निष्पक्ष रुपमा सूचना प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनआवाज सञ्चार केन्द्र सिन्धुलीद्वारा सञ्चालित रेडियो जनसञ्चार ९६.८ मेगाहर्जको आज रेडियो सिन्धुली आवाज तथा रेडियो जनसञ्चारका अध्यक्ष राजन गाउँलेको अध्यक्षता तथा तथा दुधौली नगर प्रमुख घनश्याम राउतको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमबिच प्रसारण शुभारम्भ गरिएको छ । रेडियो प्रसारण शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे,नेपालि काङ्ग्रेस दुधौलिका अध्यक्ष राजन बृष्ठ, माओवादी केन्द्र दधौलीका अध्यक्ष दिपक खड्कालगायत नगरबासिका सरोकारवाला, व्यवसायी तथा स्थानियको उपस्थिति रहेको थियो ।