काठमाडौं । बडा दशैंको मनाउने बिदाको समयमा बन्द भएको बैंक तथा वित्तिय संस्थाहरु आजबाट सुचारु हुने छन् ।
असोज ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीसम्म बन्द रहेको बैंकिङ क्षेत्रहरु आजबाट खुल्ने भएको हो ।
यो सँगै शेयरबजार पनि खुल्ने भएको छ । दशैं अगाडि बढेर १ हजार ६ सय ६ दशमलव २५ विन्दुमा पुगेको बन्द भएको बजार आजबाट पुन: सुचारु हुने भएको हो । कोभिड-१९ को महामारीको चरम अवस्थामा अन्य क्षेत्रमा लगानि असुरक्षित महसुस गरी लगानीकर्ताहरु शेयरबजारमा आकर्षित हुँदा बजारले बुलिस ट्रेन्ड समातेको छ ।
आजबाट खुल्ने शेयर बजार कता मोडिने हो भन्ने लगानीकर्ताहरुको खुलदुलिको विषय रहेको छ । सूचीकृत संस्थाहरुले अघिल्लो आर्थिक वर्षको लाभांष घोषणा गरिरहेको हुँदा शेयरबजार बढ्ने सम्भावना रहेको विश्लेषकहरुको अनुमान रहेको छ ।

