काठमाण्डौ । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ८५ जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना कोरोनामुक्त भएका छन् भने थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ७ लाख ४६ हजार ५ सय ६६ संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार १२ जनाको मृत्यु भएको छ ।

मुलुकभर २५ हजार ४ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।००००