रामेछाप । सदरमुकाम मन्थलीबाट २५ किलो सालकको खपटा सहित २ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रामेछाप प्रहरीको सहयोगमा बुधबार मन्थली नगरपालिकाको देवकोटा चोकबाट २ जनालाई २५ किलो सालटकको खपटासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नंं. ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् ।

उनीहरूले झोलामा लुकाएर ल्याएको अवस्थामा २५ किलो सालकको खपटा बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ ।