काठमाण्डौ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ ।

बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १।५ प्रतिशत छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छछ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।