सिन्धुली। दुई दिने समावेशी शिक्षा तथा शैक्षणिक व्यवस्थापन सम्बन्धी तालिम मरिणमा सम्पन्न भएको छ। प्लान ईन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको साझेदारीमा तालिम सम्पन्न भएको हो।

बालिकाले समान रुपमा सिक्ने परियोजना अन्तर्गत भदौ २७ गते तालिमको मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले गर्नु भएको थियो। उक्त तालिममा १४ वटा विद्यालयका १८ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । विद्यालयको विद्यार्थीहरूमा समावेशी शिक्षा कसरी प्रदान गर्ने, विद्यार्थीलाई गुणस्तरिय शिक्षा कसरी प्रदान गर्ने तथा शैक्षणिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरूलाई तालिम प्रदान गरिएको थियो । तालिमको सहजिकरन बिजय तामाङ ले गर्नुभएको थियो।