सिन्धुलीमाढी। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसियल)सिन्धुलीको जिल्ला सम्मेलन आउँदो असोज ९ गते हुने भएको छ। असोज ९ गते रातमाटाको सिताराम पार्टि प्लालेसमा वाइसियल जिल्ला कमिटीको आयोजनामा भब्यताका साथ हुने भएको हो ।

सम्मेलनका प्रमुख अतिथि वाइसियलका केन्द्रिय सम्योजक सुमन देबकोटा रहने वाइसियलका जिल्ला सम्योजक भुल बहादुर राना (अबिरल)ले जानकारि दिए । त्यस्तै बिशिष्ट अतिथिमा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन),अचिथिहरु वाइसियलका पुर्ब सचिब कसम गुरुङ,माओबादि केन्द्रका जिल्ला सम्योजक राम कुमार पौडेल लगायत अन्य जिल्लाका नेताहरुको भब्य उपस्थिती रहने रानाले बताए।

जिल्लाभरिका नेताहरुलाई संगठन गर्ने,प्रशिक्षित गर्ने र समाजबादि क्रान्तिको आधार तयार गर्न युवा परिचालन र जनसेवामा समर्पित गर्न सम्मेलनको उदेश्य रहेको बताइएको छ । जसका लागि बिशाल सम्मेलनको भब्य तयारि भइरहेको रानाले बताए ।