फाइल तस्विर

सिन्धुलीमाढी। जनता समाजवादी पार्टी, नेपालले भदौदेखि संगठन सुदृढीकरण तथा जनजागरण अभियान देशभर सञ्चालन गरिरहेको छ। उक्त अभियानको सिलसिलामा सो पार्टीका केन्द्रीय नेताहरू देश दौडाहामा छन्। सोही क्रममा जसपा, नेपाल सिन्धुली जिल्ला समन्वय समितिको आयोजनामा भाद्र २९ गते सिन्धुली सदरमुकाममा अभियानको उद्घाटन गर्न पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पार्टी केन्द्रीय समिति अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आउने भएका छन् ।

भाद्रदेखि संगठन सुदृढीकरण तथा जनजागरण अभियान देशभर सञ्चालन भइरहेकाले सिन्धुलीमा भोली २९ गते उद्घाटन गर्नेको लागि पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सिन्धुली आउने जसपाका केन्द्रिय कार्यकारिणी गंगा नारायण श्रेष्ठले बताए । पार्टी संगठन समायोजन गर्ने,अभिमुखीकरण गर्ने,वडा स्तरसम्म संगठन बिस्तार र सुदृढीकरण गर्ने,जनताका समसामयिक समस्यालाई लिएर जनपरिचालन गर्ने उदेश्यले जनजागरण अभियान सन्चालन गरिएको श्रेष्ठले बताए ।