काठमाण्डौं । नेपालमा करिब साढे ४ महीनापछि दैनिक थपिने नयाँ संक्रमितको संख्या एक हजार भन्दा तल झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्छि भएको हो । मुलुकभर ६ हजार १ सय ३७ पीसीआर परीक्षण गर्दा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टिजन परीक्षण गर्दा २ सय १७ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । यसअघि ५ वैशाखमा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता दैनिक संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढ्दै गएको थियो । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ६२ हजार ९ सय ४६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।

आज थप १ हजार ३ सय ६८ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । आज मुलुकभर ६८ हजार ६ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । ००००