काठमाण्डौ । नेपालमा कोरोना संक्रमण दर १० प्रतिशत नजिक झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय १६ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४९ प्रतिशतमा मात्रै संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ६१ हजार ९ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६० जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय २४ पुगेको छ । मुलकभर २७ हजार ९ सय ५८ जना सक्रिय संक्रमित मध्ये ४ सय ५८ जनाको आईसीयू र १ सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २९ हजार १ सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ५१ लाख २० हजार ८ सय ५७ जना कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन भने ५७ लाख ४० हजार ३ सय ४५ जनाले पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।००००