मरिण गाउँपालिकाका बाल विकास कक्षालाई स्वःअध्ययन सामाग्री हस्तानतरण मरिण गाउँपालिकाका बाल बिकास कक्षालाई स्वःअध्ययन सामाग्री हस्तानतरण गरिएको छ ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मरिण गाउँपालिकाको समन्वय तथा ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजनामा सामाग्री हस्तानतरण गरिएको हो । बालिकाले समान रुपमा सिक्ने गुणस्तीय तथा सिकाई अवसर परियोजनामार्फत बाल विकासका विद्यार्थीहरुका लागि स्वःअध्ययन पुस्तक तथा इडिसि सामग्री वितरण गरिएको उक्त परियोजनाकी कार्यक्रम सम्योजक कमला लामाले बताए ।

उहाँका अनुसार विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीहरुले विद्यालयमा सिक्नुपर्ने कुरा सिक्न नपाएकाले बाल विकासका विद्यार्थीहरुलाई अभिभावकसंँगै बसेर अध्ययन गर्न मिल्ने पुस्तक प्रदान गरिएको हो । उक्त परियोजना अन्तरगत मरिण गाउँपालिकाका १२ वटा विद्यालयका १ सय २१ वटा बाल विकास केन्द्रलाई ८ सय २ वटा पुस्तक मरिण गाउँपालिकाका निमित्त प्रसासकिय अधिकृत नबराज बराललाई हस्तानतरण गरिएको थियो ।

त्यस्तै पूर्व सिकाई सामाग्री तथा इएलआर २ सय ११ जना बाल विकासका विद्यार्थीहरुका लागि सामाग्री हस्तानतरण गरिएको छ । सो सामाग्री विद्यार्थीहरुले आफ्नै घरमा लगेर खेल्ने पाउने छन् ।